'छिटोभन्दा छिटो एक्सनद्वारा विकास निर्माण र समृद्धिबारे विश्वास दिलाउन आवश्यक'

६ बर्ष अगाडि

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटोभन्दा छिटो एक्सनद्वारा जनतालाई विकास निर्माण र समृद्धिबारे विश्वास दिलाउन आवश्यक रहेको बताउनु भएको छ ।

भरतपुर विमानस्थल बिस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।मेघौली विमानस्थललाई वैकल्पिक विमानस्थलका रुपमा विकास गर्दै जानु पर्छ । तत्कालको लागि भरतपुर विमानस्थलको स्तरोन्नति र बिस्तार प्रमुख आवश्यकता बनेको छ ।

प्राविधिक र राजनीतिक विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आजको छलफलले राम्रो सहयोग गर्नेछ । सबैको सहयोग यसमा केन्द्रित भएको छ ।
‘हामीले छिटोभन्दा छिटो एक्सनद्वारा जनतालाई विकास निर्माण र समृद्धिबारे विश्वास दिलाउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा एक्सनबाट नै जनतालाई विकासको अनुभूति गराउनु पर्छ ।’ अध्यक्ष प्रचण्डले सिंगो नेपाल विकासको नयाँ गतिमा प्रवेश गरेको बताउनु भयो । चितवनको विकासलाई नमुना बनाई देशभर त्यस्तै विकासका मोडेल लागु गर्न सकिने उहाँको भनाइ थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया