जीप दुर्घटनामा दुईको मृत्यु

६ बर्ष अगाडि

स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । 

गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको सनाखत हुन सकेको छैन । 
 
२६ जना घाइतेमध्ये केहीलाई तानसेन रिफर गरिएको छ भने केहीको स्थानीय गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।  

६ बर्ष अगाडि

प्रतिक्रिया