हिन्दू राष्ट्र नेपालको राजसंस्था उखेलेर फाल्ने योजना भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले बनाएको खुलासा भएको छ ।
भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले १९९० मा नेपालमा एक गुप्त अपरेशनको सुरुवात गरेको थियो, जसको उद्देश्य नेपालमा राजसंस्था हटाएर लोकतन्त्रको स्थापना गर्नु थियो ।
‘रअ’ का पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा नेपालमा अराजक तत्वले राजसंस्था विरोधी अभियानको फाइदा नउठाओस् भनेर भारतले पूरै कोशिस गरेको उल्लेख गरेका छन् ।
‘त्यसबेला जनताले राजतन्त्रको अधिकार कटौती र लोकतन्त्रको स्थापनाका लागि ठूलो अभियान चलाएका थिए । राजीव गान्धी नेतृत्वको सरकार भारत यो कार्यमा नेपालका जनताको जनतालाई साथ दिन चाहन्थ्यो । ‘रअ’ले नेपालका सबै राजनीतिक दल र संगठनबीच एकता बनाइराख्नका लागि मेहनत गर्यो ।’ प्रकाशित पुस्तकमा उल्लेख छ ।
वीरेन्द्रमाथि दबाब
‘नेपालका राजा वीरेन्द्र वीर विक्रम शाहदेवमाथि कुनै दबाबले काम गरिरहेको थिएन । यसका लागि भारत सरकारले कूटनीतिक तरिका पनि अपनाएको थियो, तर सबै बेकार भइरहेका थिए । यसपछि भारत सरकारले नेपालमा खाद्य पदार्थको निर्यात रोक्ने निर्णय गर्यो । ताकि राजामाथि दबाब थोपरेर जनताप्रति जिम्मेवार बन्ने प्रयासलाई बल मिलोस् ।’ भुषणले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
‘नेपालका राजा सहयोगका लागि चीनसम्म पुगे । भारत कहिल्यै पनि नेपालमा चीनको प्रभाव बलियो होस् भन्ने चाँहदैन थियो ।’ पुस्तकमा उल्लेख छ ।
जीवनाथन
गुप्त अपरेशनका लागि ‘रअ’का पूर्वी ब्युरो प्रमुखका रुपमा खटिएका भूषणले आफ्नो नाम जीवनाथन राखेका थिए । यसै नामले उनले धेरै मानिसलाई राजसंस्था विरोधी अभियानका लागि प्रशिक्षत गराएको दाबी गरेका छन् ।
यसपछि भारत सरकारले ‘रअ’ प्रमुख एके बर्मालाई नेपालमा राजसंस्था अन्त्यगरी गणतन्त्र स्थापना गराउने कामको जिम्मेवारी सुम्पिएको थियो । बर्माले आफ्ना सबैभन्दा विश्वासपात्र रहेका जीवनाथनलाई यो दायित्व दिए । यसपछि जीवनाथन नेपालमा राजसंस्था ढालेर लोकतन्त्रको स्थापनाका लागि जुटे ।
जीवनाथनले सरकारलाई कूटनीतिक र राजनीति क्षेत्रबाट गर्न नसकिएको यो काम ‘रअ’ ले गरेर देखाउँछ भन्ने विश्वास दिलाए । यसअघि पूर्वी ब्युरोलाई महत्व दिनै छाडिएको थियो ।
प्रचण्डसँग भेट
‘रअ’ ले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रलोभनमा पार्नका लागि सारा शक्ति लगायो । यसका पछिको उद्देश्य भनेको राजसंस्थाविरुद्धको लडाईमा बाँकी राजनीतिक दललाई माओवादीले साथ दिओस भन्ने थियो ।
प्रचण्ड पछि गएर २ पटक (अगस्ट २०१६–जुन २०१७, अगस्ट २००८–मे२००९) नेपालका प्रधानमन्त्री बने । केही बैठकपछि रअ प्रचण्डलाई मनाउन सफल भएको थियो ।
प्रचण्ड भूमिगत भएका कारण उनलाई भेट्न ज्यादै कठिन थियो । जीवनाथनसँग भएको बैठकमा प्रचण्डले नेपालमा राजसंस्था रहिरहोस् या गणतन्त्रमा जाओस् यसमा भारतलाई के चासो ? भने प्रश्न गरेका थिए । भुषणले हालै प्रकाशित किताबमा उल्लेख गरेका छन् ।
जीवनाथन खोज्दै भड्किए नेता
राजसंस्था हटाउने मिसनमा सफल भएपनि जीवनाथन बेपत्ता भएका थिए । उनले आफूअन्तर्गत कार्य गरिरहेकाहरुलाई कुनै जीवनाथन नै नभएको विश्वास गर्न भनेका थिए ।
त्यसपछि बेपत्ता भई सकेको जीवनाथनलाई खोज्न नेपालका केही नेता भड्किने गरेका समेत जीवननाथनले दावी गरेका छन् । तर जीवनाथन नाम गरेका कोही पनि भेटिएन् । शिलापत्र डटकमवाट
प्रतिक्रिया