एटीएम प्रयोगकर्तालाई एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग नगर्न नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले अपिल गरेको छ ।
चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको भन्दै नेप्सले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न नेप्सले सर्वसाधरणलाई अपील गरेको हो ।
नेप्सले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भनेको छ ‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ । ’
कम्पनीले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।
एटीएम मेसीन ह्याक गर्नेहरुका कारण निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ ।
प्रतिक्रिया