फोरम नेपाल सरकारमा सहभागि हुने भयो, सहमतिपत्रसहित

८ बर्ष अगाडि

 काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको छ । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका दुई अध्यक्ष  केपी ओली तथा प्रचण्डबीच  सोमबार दुई बुँदे समझदारी भएको छ । 
समझदारीपत्रमा  फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा  संविधान संशोधन गरिने उल्लेख गरिएको छ । 
यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने पनि सहमति पत्रमा उल्लेख छ । 
सोसँगै फोरम सरकारमा सहभागि हुने  ओली, प्रचण्ड र यादवले हस्ताक्षर भएको सहमतिपत्रमा उल्लेख छ ।
 

८ बर्ष अगाडि

प्रतिक्रिया