पटक पटक अवरोधका कारण थला परेको मेलम्ची खानेपानी आयोजनाको निर्माण रोक्न स्थानीय पेटी ठेकेदार र निर्माण सामग्री दलालहरुले फेरी अबरोध शुरु गरेका छन् ।
आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएको भन्दै उनीहरुले पीडित संघर्ष समिति गठन गरेर आन्दोलन शुरू गरेका हुन् ।
ठेकेदार र निर्माण सामग्रीका दलालहरुले सीएमसीबाट आफूहरुले भुक्तानी नपाएसम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई कामै गर्न नदिने चेतावनी दिएका छन् ।
सीमएसीबाट रकम नपाएका स्थानीय निर्माण व्यवसायी, सप्लायर्स र मजदुरहरु पनि आन्दोलनमा रहेको उनीहरुको भनाइ छ ।
समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको उनीहरुको आरोप छ ।
मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि धर्ना शुरु गरेका उनीहरुले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए ।
सरकारले प्रतिवद्धता कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।
प्रतिक्रिया