सीमा–नाकामा पुल बनाउन जनताले अनसन बस्नुपर्ने

६ बर्ष अगाडि

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा मोटर चल्ने पुल निर्माणका लागि दबाब दिन स्थानीयबासीले रिले अनशन बस्ने भएका छन् । 

झुलाघाट मोटरेबल पुल निर्माण सङ्घर्ष समिति गठन गरेका स्थानीयबासी २२ भदौदेखि अनिश्चितकालीन रिले अनशन बस्ने  भएका हुन् । 

झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको अर्थतन्त्रमा व्यापक असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनशन बस्ने निर्णय भएको सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए। 

सरकारले माग सम्बोधन नगरेसम्म हरेक दिन बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म चल्नेछ । अनशनमा उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्था र सङ्घर्ष समितिको सहभागिता रहने बताइएको छ ।   
 

६ बर्ष अगाडि

प्रतिक्रिया