एकवर्षमा रु ५५ करोडको सामग्री आयात भएको बैतडीस्थीत नेपाल–भारत सीमानाका झुलाघाटबाट शून्य निर्यायत भएको छ ।
गत आर्थिक वर्षमा भन्सार कार्यालयमा जाँच पास गरेर भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ ।
उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले बताए ।
विगत वर्षहरुमा रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको उनले बताए ।
कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुननसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टको भनाइ छ ।
लक्ष्यअनुसार राजश्व सङ्कलन भएन
सो भन्सार कार्यालयले पछिल्ला वर्षमा लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन ।
गत आवमा रु एक करोड नौ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले जम्मा रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ ।
त्यस्तै अघिल्लो आव २०७४÷७५ मा रु एक करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा जम्मा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया