साढे ३३ किलो सुनकाण्ड :  के छ गोरेको बयानमा ?

८ बर्ष अगाडि

काठमाडौँ-चुडामणि उप्रेती गोरेले मोरङ जिल्ला अदालतमा  दिएको बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् । 

उनले दुबईबाट कसले सुन पठाउथे  पनि आफूलाई थाहा नभएको दावी गरेका छन्  । 

दुबईमा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि चोरेको आरोप  लगाउन थालेको  बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् । 

सनम  शाक्यलाई कुटपिट गरी करेन्ट लगाउन  पनि आफू   संलग्न नभएको गारेको  दावी छ । 

सनमलाई  गाडीमा आराम गर्न राखेका टेकबहादुर मल्लले करेन्ट लगाएर  मारेको  गारेले आरोप लगाएका छन् । आजको नागरिकमा खबर छापिएको  छ । 

८ बर्ष अगाडि

प्रतिक्रिया