जापानमा रोजगारीका लागि पहिलो चरणमै नेपालीहरु जान पाउने भएका छन् ।
पहिलो चरणमा नेपालबाट नर्सिङ केयर गिभर लैजाने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सूचना निकालेर १ हजार जनाको आवदेनबाट छनौट गरी नर्सिङ केयर गिभर लैजाने जनाएको हो ।
मन्त्रालयका अनुसार रोजगारीमा जानका लागि जापानिज् भाषा र सिप मुल्यांकन परिक्षा २७ देखि २९ अक्टोबर, ५ देखि ७ नोभेम्बर र १२ देखि १४ नोभेम्बरमा हुने पनि निश्चित भएको छ ।
त्यसका लागि जान इच्छुकले अनलाइनमार्फत आवदेन दिनुपर्ने छ ।
आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज् दुतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन टोकन लिएपछि मात्र अनलाइन आवेदन भर्न पाइनेछ ।
आवेदन दिने मध्ये पहिलो एक हजार जनाले जाँचमा सहभागी हुन पाउने र जाँचमा सफल हुनेहरुमात्र जापान जाने मन्त्रालयले जनाएको छ।
नर्सिङ केयर गिभरमा काम गर्नेहरुका लागि लागि कुनै शैक्षिक योग्यता नचाहिने तर ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्ग्वयज इभ्यालुयसन टेष्ट’ पास भने हुनुपर्ने छ ।
दुई परिक्षा मध्ये केयर गिभरको परिक्षा नेपाली भाषामा नै दिन पाइने व्यवस्था गर्न लागिएको छ ।
६० मिनेटको परिक्षा कम्प्युटरमा आधारित जाँच विधिबाट लिइने र जाँचमा सोधिने ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्नको व्यवहारिक परिक्षा हुने जनाइएको छ ।
प्रतिक्रिया