फोरम-राजपा दूरी बढ्यो

८ बर्ष अगाडि

काठमाडौँ-प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीय  समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दूरी बढेको छ । 

सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो । 

फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो । 

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले सशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो । 

संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग सशोधन हालेका थिए । आजको कान्तिपुरमा  खबर छापिएको छ । 

८ बर्ष अगाडि

प्रतिक्रिया