बुटवल – अर्घाखाँचीमा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकल आगजनी गरेका छन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपीले जानकारी दिए । आगलागीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।
गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ केही साथीहरु (विप्लवका कार्यकर्ता) हुनुहुन्छ , त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।
प्रतिक्रिया