काठमाडौं – स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ।
सञ्चालक समितिको भदौ १६ गते ४ बजे सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी रु ८ करोड २९ लाख ६३ हजारको १३ प्रतिशत अर्थात रु एक करोड ७ लाख ८५ हजार १९० बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात रु ५ लाख ६७ हजार ६४२ नगद लाभांश घोषणा गरेको हो ।
लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया