सरकारले ७५३ स्थानीय तहमा १९८९ जना कर्मचारी करारमा भर्ना गर्न आवेदन मागेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नासु र खरिदार सरहका कर्मचारी मागेको हो ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका लागि राजपत्र अनङ्कित प्रथम श्रेणी सरहको एमआईएस अपरेटर ९९४ जना र राजपत्र अनङ्कित द्वितीय श्रेणी सरहको फिल्ड सहायकका ९९५ जना मागेको विभागले जनाएको छ ।
एमआईएस अपरेटरको पदमा आवेदन दिनका लगि कम्प्यूटर विषय लिएर प्रमाणपत्रतह उत्तीर्ण वा प्रमाणपत्र तह उत्तीर्ण गरेर कम्तिमा ६ महिनाको कम्प्युटर तालिम गरेको हुनुपर्ने छ ।
त्यसैगरी फिल्ड सहायकका लागि एसएलसी वा सो सरह उत्तिर्ण गरेको व्यक्तिले आवेदन गर्न पाउँछन् ।
आवदेन दिन चाहनेहरु १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
आवेदनका लागि कुनै शुल्क तोकिएको छैन भने अनलाइनबाट आवदेन गर्ने व्यवस्था रहेको छ ।
जसका लागि विभागको वेभसाइट https://donidcr.gov.np मा गएर आवेदन गर्न सकिने विभागले जनाएको छ ।
करार अवधि बढीमा एक वर्षको रहने र त्यसपछि एकवर्ष थप सम्झौता गर्न सकिने जनाइएको छ । आवदेनकाे लागि भदौ ३१ गतेसम्म म्याद छ ।
प्रतिक्रिया