इवाखोलाको विद्युत् उत्पादन हुन अझै केही समय लाग्ने

६ बर्ष अगाडि

काठमाडौं – पाँचथरमा निर्माणाधीन १०  मेगावाटको इवाखोला जलविद्युत् आयोजनाले यही भदौ को अन्तिम सातादेखि व्यावसायिक विद्युत् उत्पादन थाल्ने भएको छ ।

सम्झौता अवधिको झन्डै १४ महिना ढिला गरी आयोजनाले विद्युत् उत्पादन सुरु गर्न लागेको हो । सोही आयोजनाका प्रवद्र्धक समेत रहेका कुवेृरमणि नेपाललगायतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रसारण लाइन निर्माण लगायतका विषयमा निहुँ खोजेर बसेका थिए ।

जलविद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी केही दिनअघि उत्पादन परीक्षण गरिसकेको र अब व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ ।

प्रसारण लाइन निर्माण हुन नसक्दा आयोजना पनि झन्डै १४ महिना ढिला गरी सम्पन्न गरेको आयोजनाको जिकर छ ।

विसं २०७३ मङ्सिरमा आयोजनाको निर्माण सुरु भएको थियो । सम्झौताअनुसार २०७५ जेठमा निर्माण सम्पन्न गर्नुपर्ने भएपछि कोबेली करिडोर प्रसारण लाइन नबनेकाले पनि ढिलाइ भएको भन्दै कुमालनसँग निहुँ खोजेर बसेका थिए ।

पाँचथरको यामबरक गाउँपालिकामा आयोजनाको साइट रहेको आयोजनाको सिभिलतर्फ मकालु डेभलपर कम्पनी र हाइड्रो मेकानिकलतर्फ इन्ड्रिज हाइड्रोपावर कम्पनीले ठेक्का लिएर निर्माण गरेका थिए । उत्पादित विद्युत् अमरपुर सबस्टेशनमा जोडिनेछ । अहिले आयोजनाबाट अमरपुर सबस्टेसनसम्म जोड्ने १० किलोमिटर प्रसारण लाइन निर्माण पनि सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट २०७० सालमा विद्युत् खरिद सम्झौता  भएको आयोजनाले काबेली करिडोर प्रसारण लाइनमा जोडिनेछ । केही समयअघि काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्ड सम्पन्न भई प्रसारण लाइन आयोजना सम्पन्न भइसकेको छ ।   

६ बर्ष अगाडि

प्रतिक्रिया