बैंक खाता नभए श्रम स्वीकृति बन्द

६ बर्ष अगाडि

बैंक खाता नभएसम्म वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारले श्रम स्वीकृति नपाउने भएका छन् । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

सोमबारदेखि कार्यान्वयनमा आएको यो व्यवस्था अनुसार विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा उक्त विवरण अनिवार्य रुपमा प्रविष्ट गरेपछि मात्र श्रम स्वीकृति पाइने छ ।

विदेशबाट हुण्डी लगायत गैरकानूनी माध्यममार्फत अवैधानिक रुपमा आउने रकम नियन्त्रणको प्रयास स्वरुप यस्तो व्यवस्था गरेको विभागले जनाएको छ । 

यो व्यवस्थाअनुसार विदेशबाट फर्किएर पुनः श्रम स्वीकृति पाउने क्रममा बैंकमार्फत् रेमिट्यान्स पठाएको नदेखिएमा श्रम स्वीकृति नदिइने  विभागका प्रवक्ता भोलानाथ गुरागाईंले बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया