नक्कली डलर साट्ने गिरोहमाथि प्रहरीले गोली चलायो

८ बर्ष अगाडि


काठमाडौं, १२ जेठ–  काभ्रेमा आइतबार दिउँसो प्रहरीले गोली चलाएको छ ।  नक्कली डलर साट्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा  प्रहरीले पाँचखाल नगरपालिका– ४ स्थित बोहोरे दोभान भन्ने स्थानमा गोली चलाएको हो ।

एक गिरोहले सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने खोजेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि पाँच राउन्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
 
सो क्रममाप्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिनोद तामाङलाई पक्राउ गरेकोे छ। उनीबाट २५ हजार नक्कली डलर बरामद  भएको प्रहरीले बताएको छ ।  गिरोहमा अन्य सदस्य भाग्न सफल भएको र उनीहरुको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

८ बर्ष अगाडि

प्रतिक्रिया