आन्तरिक राजस्व, भन्सार विभाग, राजस्व तालिम केन्द्र र वीरगंज भन्सारका प्रमुख फेरीए

६ बर्ष अगाडि

राजस्व प्रशासनका दुई मुख्य विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागले नयाँ नेतृत्व पाएका छन् । 

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा बिनोदबहादुर कुँवर र भन्सार विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाएको हो।यसअघि प्रधानमन्त्री कार्यालयमा रहेका कुँवर हालैमात्र अर्थ मन्त्रालयमा सरुवा भएका थिए भने दाहाल यसअघि अर्थकै प्रशासन महाशाखामा कार्यरत थिए ।  

विराटनगर भन्सार प्रमुख हुँदा राम्रो काम गरेका र अर्थ प्रशासनभित्र स्वच्छ छबि बनाएका कुँबरले सोमबारदेखि विभागको जिम्मेवारी सम्हालेका छन् । सो विभागका उपमहानिर्देशकमा गण्डकी प्रदेशबाट केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका मुक्ति पाण्डेलाई लगिएकाृ छ । 

उता भन्सार विभाग भने रामेश्वर दंगाल गण्डकी प्रदेश सरुवा भएपछि खाली थियो । भन्सारमा श्याम भण्डारीलाई उपमहानिर्देश बनाइएको छ । त्यसैगरी अर्थ मन्त्रालयले मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्य, वीरगंज भन्सारमा ढुण्डीप्रसाद निरौला र राजस्व तालिम केन्द्र प्रमुखमा सुशील पाण्डेलई सरुवा गरेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया