१० प्रतिशत कमिसनका लागि एटीएम लुटेको खुलासा

६ बर्ष अगाडि

शनिबार राती प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुट्नेहरुले १० प्रतिशत कमिसनका लागि काम गरेको खुलेको छ ।

 पक्राउ परेका पाँच चिनियाँ नागरिकहरुको विच्याटमा भएको कुराकानी अध्ययन गर्दा उनीहरु १० प्रतिशत कमिशनका लागि नेपाल आएर पैसा लुट्दै हिँडेको खुलेको हो । 
यूरोपेली ह्याकरसँग कुरा गरेर शुक्रबार नेपाल आएका उनीहरुले शनिवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म एटिएम बुथ लुट्दै हिँडेका थिए। 

उनीहरुले कुन बैंकको एटिएम कहाँ छ र होटलसम्म पैसा पुर्याउन कति समय लाग्छ भन्ने सबै अध्ययन गरेर आएको प्रहरी स्रोतले बताएको छ । 
एटीएम लुटमा उनीहरु सफल भएको भए घटस्थापनालगत्तै फेरि लुट मच्चाउने योजनामा रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

एटीएमबाट लुटेको नेपाली पैसा चिनमा नचल्ने भएकोले उनीहरुले त्यो पैसा कहाँ साट्ने योजना थियो भन्ने विषय पत्ता लागेमा उक्त लुट काण्डमा नेपालीको पनि संलग्नता खुल्न सक्ने देखिएको छ ।  
त्यसका लागि फोरेन्सिक टिम ल्याएर जाँच्ने काम सुरु भएकोले केही दिनमा सबै कुरा थाहा हुने प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया