शनिबार राती नेपाली बैंकका एटीएम ह्याक गरि करिब २ करोड लुट्ने ह्याकरहरु यूरोपेली नागरिक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यूरोपेली नागरिकले बैंक ह्याक गरेको र उनीहरुले चिनियाँहरूलाई भरियाका रुपमा मात्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको हो ।
गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोग्ने व्यक्तिसँग फ्रान्सको राहदानी भेटिएपछि प्रहरीले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ ।
प्रहरीले विमानस्थल हुँदै भाग्न खोज्दा चिनियाँ मूलका फ्रान्सका नागरिक ३६ वर्षे युवा सु लुसलीलाई पक्राउ गरेको थियो ।
उनीसँगै एटीएम लुट्ने समूहका आठ जना मध्ये ६ जना पक्राउ परेका छन भने दुई जना अझै फरार छन्।
विमानस्थलबाट पक्राउ परेका लुसली र फरार रहेका २ जना प्राविधिक विज्ञ हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रहरीले पैसा लुटने चिनियाँ टोलीले यूरोपबाट काम गरिरहेको पनि खुलेको जनाएको छ ।
प्रहरीका अनुसार शुरुमा पक्राउ परेका समूहका चार जनाले अन्य चार जनालाई नचिनेको बताएका छन् ।
यूरोपेली पासपोर्ट फेला पर्नु र चार जनाले अरु चार जनालाई नचिन्नुले पनि यूरोपेली भरियाले चिनिया भरिया प्रयोग गरेको कुरालाई बल पुग्ने प्रहरी स्रोतको दावी छ ।
प्रतिक्रिया