३३ किलो सुन र सनम हत्या प्रकरण : गोरेको बयान सकियो

८ बर्ष अगाडि

काठमाडौं – साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबार मध्यान्हदेखि सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो । 
बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै  थुनछेक बहस सुरु छ ।  गोरेलाई गत मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो  भने बुधबारदेखि लगातार बयान चलेको थियो । 
माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएसँगै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन टोली गठन भएको थियो ।
समितिको प्रतिवेदनको आधारमा  प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको  थियो ।  जसमा प्रहरी उच्च अधिकारीसहित  २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।  गोरेले बयानका क्रममा के बोले भन्नेबारे बाहिर ल्याइएको छैन ।

८ बर्ष अगाडि

प्रतिक्रिया