झापामा सशस्त्र प्रहरी बल नेपाल, राजस्व तथा भन्सार गस्ती सुरक्षा नं। ८ गुल्म काकँरभिट्टाका सिगो टिमनै कमाउ धन्दामा लागेको पाईएको छ ।
बिगत लामो समय देखि यहाँका साना ठूला तस्करबाट दैनिक जसो पैसा असुल गर्न सिंगो टिमनै लागि परेको हो ।
झापाको मेचीनगर ७ जोरसिमलमा सशस्त्र प्रहरी चेक पोईन्ट पैसा असुल गर्ने थलो बनेको छ ।
दैनिक जसो सामान आयत गर्ने व्यापारीको झोला भित्र हात पुर्याएर अवैध असुल गर्ने सशस्त्र प्रहरीको दैनिकी बनेको छ ।
बिशेषगरी यस नाकाबाट दैनिक जसो सुपारी, मटर, मरिच,चाईनिज स्याउँ ,छोक्डा नेपालबाट भारत तर्फ अवैध रुपमा जाने गर्दछ । भने भारतबाट दैनिक जसो महंगा मंहगा पार्टसका सामानहरु ,लत्ताकपडा ,कस्मेटिक, अखाध्य बस्तु लगायत अवैध सामान सशस्त्र प्रहरीको सेटिङमा नेपाल भित्रिने गरेको स्रोत बताउँछ ।
मेची खोलाबाट दैनिक जसो अवैध सामानहरु दिउँसो र रातको समयमा प्रहरीकै आँखा अगाडीबाटै खुलेआम तस्करी हुँदा समेत पैसाको लोभमा हाकिमकै आँखा छलेर मटर, सुपारी, मरिच, छोक्डा लगायतका अवैध सामान नेपालबाट भारत तर्फ कटाउँने गरेको देखिन्छ ।
शनिवार राती पत्रकारको टोली प्रमाण संकलनका लागी मेचीखोला पुगेपछि प्रहरी सँग सेटिङमा रातको समय सामान कटाउँने गरेको भेटियोको हो ।
यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल, राजस्व तथा भन्सार गस्ती सुरक्षा नं। ८ गुल्म काकँरभिट्टाका निमित्त प्रमुख इन्सपेक्टर बिश्वनाथ जिसीले अनुसन्धान मिडियाका संचालक खगेन्द्र घिमिरे र इमेचीका पुस्कर गुरागाईलाई पत्रकारिता सिक्न म कहाँ आउँनु तपाईहरुले पत्रकारिता नै जानेको छैन भन्दै पत्रकारलाई फोनबाट धम्काएका छन् ।
उनले आफुले दुई दिन पत्रकारिता सिकाई दिने भन्दै धम्काएका हुन् । अघिल्लो दिन रातको समयमा रिपोटिङका लागि मेची खोला गएका पत्रकार लाई आईतबार बिहान उनले फोन गरी भाषा र शैली छैन पत्रकारिताको बेइज्जत हुन्छ भन्दै धम्काए ।
फोनमा इन्सपेक्टर जिसीले भनेका छन्–‘मसँग सुतेर खाने सम्पती छ तपाईहरुले मलाई चिन्न नसकेको हो ।’
अनुसन्धान मिडिया
प्रतिक्रिया