ज्योति विकास बैंकमा ७० जना कर्मचारीको माग

६ बर्ष अगाडि

ज्योति विकास बैंकले ७० जना कर्मचारीको लागि आवेदन मागेको छ । बैंकले विभिन्न ५ वटा पदका लागि ७० जना कर्मचारी माग गरेको हो । 
माग गरिएका मध्ये सबै कर्मचारी अधिकृत स्तरका हुन् । 

केन्द्रीय कार्यालयका लागि ३० जना अफिसर, १२ जना ब्रान्च म्यानेजर, १५ जना रिलेसनसीप म्यानेजर,८ जना आन्तरिक लेखापरीक्षक र पाँच जना चार्टर्ड एकाउन्टेन्टको पदमा आवेदन आह्वान गरिएको बैंकले जनाएको छ । केन्द्रीय कार्यालयका लागि ३० जना अफिसर पदका लागि कम्तीमा स्नातक पास गरि एक वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । त्यसैगरी १२ वटा शाखाका लागि माग गरीएका ब्रान्च म्यानेजरले पनि सोही बमोजिमको योग्यता पूरा गरेको हुनुपर्ने छ । 

ब्रान्च म्यानेजरहरुले उपत्यकाभित्र तथा बाहिरका विभिन्न जिल्लामा स्थापना भएका शाखा कार्यालयमा काम गर्नुपर्ने छ । त्यस्तै ज्योतिले १५ जना कर्मचारी रिलेसनसीप म्यानेजर पदका लागि मागेको छ । रिलेसनसीप म्यानेजरमा आवेदन गर्न चाहनेले कम्तीमा स्नातक पासगरि दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

बैंकले ८ जना आन्तरिक लेखापरीक्षक पनि मागेको छ ।  चार्टर्ड एकाउन्टेन्टमा ‘इन्टरमिडिएट’ गरि स्नातक उत्तीर्ण गरेकाले उक्त पदमा आवेदन दिनसक्ने बैंकले जनाएको छ। 
बैंकले पाँच जना चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ । रोजगारीका लागि इच्छुक आवेदकले अवको १५ दिनभित्र बैंकको वेवसाइटमा अनलाइनबाट आवदेन दिन सक्ने छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया