ह्याकरले एटीएमबाट पैसा लुटेपनि व्यक्तिका खाताको पैसा सुरक्षित रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
ह्याक गरेर लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताको नभएको राष्ट्र बैंकका भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर क्षेत्रीले बताए ।
उनका अनुसार व्यक्तिको खातामा नपुग्दै ह्याकरले प्रणालीबाट एकोहोर पैसा झिकेको फेला परेको छ ।
बैंकहरुबाट कति पैसा झिकियो भन्ने कुरा पछि थाहा हुने पनि क्षेत्रीले बताए ।
वास्तविकता पत्ता लगाउन र थप अनुसन्धानका लागि राष्ट्र बैंकले केहीबेरमा प्रहरीसँग थप छलफल गर्ने भएको छ। यसअघि राष्ट्र बैंकले बैंकर र प्रणाली सञ्चालकहरुसँग छलफल गरेको थियो।
प्रतिक्रिया