काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीलाई सम्वृद्ध बनाउँछु भन्दा विपक्षीले मजाकमा उडाएको दुखेसो पोखेका छन् ।
आईतबारको प्रतिनिधीसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै उनले नेपाल र नेपालीलाई सुखी बनाउने योजना ल्याउदा मजाक गरिएको बताए ।
विपक्षी दलबाट उठाईएको प्रश्नको ठोस जवाफ दिनुको सट्टा उनले नेपाली जनतालाई गरिब हुन नदिने उही पुरानै विषयमा धेरै व्याख्या र लामो भुमिका बाँधे ।
उनले नीति तथा कार्यक्रम आकाक्षा हिन नभएको र असंभव महत्वकाक्षा नलिएको दाबी समेत गरे ।
राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढ्नुपर्छ भन्ने संदेश नीति तथा कार्यक्रमले दिएको उनले स्पष्ट पारे ।
सम्बोधनका क्रममा पटक पटक प्रतिपक्षीलाई व्यङ्गय मिश्रित जवाफमा कार्ययोजना पुरा गर्ने ठोस आधार भन्दा थप सुनौला आयोजना र आश्वासनहरु थपिएका थिए । जलमार्ग, रेलमार्ग देखि ल्यापटप अगाडि राखेर मन्त्रीपरिषद् बैठक गर्ने सम्मका आश्वासन प्रधानमन्त्रीले दिए । उनले नीति तथा कार्यक्रक रातमा देखेको सपना नभई दिउसै देखेकाले सरकारले पुरा गर्ने दाबी गरे ।
“हेर्दा हेर्दै कोशीबाट, गण्डकीबाट, कर्णालीबाट स्टिमरमा हामी समुन्द्रसम्म जान्छौ । हाम्रो प्रणाली जलमार्ग हो । रेलमार्गको कुरा गर्दा बाल्टीमा कागजका डुंगा जस्तो बनाएर मजाक उडाउछन् । मजाक उठाउने विषय हो र यो ? रेलबाट हामी ढुवानी गर्छौ ।” नीति तथा कार्यक्रमहरु योजनाहिन ढंगले नआएको भन्दै उनले भने “एक जना मित्रले भन्नुभयो दिवा सपना, हो दिवा सपना नै हो । दिउँसै देखेको सपना हो । त्यो राती निदाएको बेला देखेको होइन । ” सरकार अब सुचना प्रविधिको क्षेत्रमा धेरै अगाडि बढ्ने भन्दै उनले भने “अब मन्त्रीपरिषद्को बैठक कागजका चाङ्ग अगाडि राखेर होइन ल्यापटप अगाडि राखेर गर्छौ । ” नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा मन दुखाउनुपर्ने कारण नरहेको भन्दै उनले भने “मेरो घरमा सोलार जोडेर बत्ती बाल्छु भनेको होइन ,देशभरी बत्ती बाल्छु भनेको हो । त्यही पनि साथीहरुको प्रसन्न मुद्रा देख्दिनँ । ”
। नीति तथा कार्यक्रम कुनै वादको पछाडि नहिडेको भन्दै ृउनले नया कुरा परेपछि सहन गाहे भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलाई व्यङ्गय गरे ।
प्रतिपक्षी दलले केही नपाएपछि धुमधामसंग राष्ट्रपतिको सम्बोधनको विषय उठाएको भन्दै उनले एउटाको सम्मान खोज्दै गर्दा अर्को निकायमाथि अपमान गर्ने काम नगर्न प्रतिपक्षी दललाई सचेत गरे ।
सामाजिक न्याय र समानताको आधारमा सरकार अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक विविधताको विषयलाई वैमनश्य नभई विविधता र सम्पुर्णताको विषय बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया