ट्वीटरकै  सीईओ ज्याक डोर्सीकै एकाउन्ट ह्याक

६ बर्ष अगाडि

ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट ह्याक भएको छ । 

‘चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ । 

चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए । 

ट्वीटरले आफ्ना प्रमुखको एकाउन्ट ह्याक गर्न कम्पनीको प्रणाली नभएर डोर्सीले प्रयोग गर्ने गरेको एक मोबाइल सिमको प्रयोग भएको जानकारी दिएको छ ।  

‘डोर्सीले ट्वीटर एकाउन्ट खोल्न प्रयोग गरेका मोबाइल नम्बर मोबाइल प्रदायकको लापरबाहीका कारण ह्याकरको हातमा पुगेको थियो ,’ ट्वीटरले एउटा वक्तव्यमा भनेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया