यसरी गर्छ कुमारी बैंकले कर्मचारीमाथि ज्यादती, देव विकासमा त झनै भद्रगोल

६ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले नागरिकले जम्मा पारेको निक्षेपमा यतिसम्म ब्रम्हलुट गरेका छन् र जनतालाई यतिसम्म रुवाएका छन् भन्ने कुराको जानकारी प्राप्त हुने क्रम पछिल्ला दिनमा व्यापक बढेको छ । नागरिकको पैसामा लखनउ लुट मच्चाएका बैंक तथा वित्तीय संस्थाका अधिकारीलाई नियमनकारी निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले समेत कुनै कारवाही गर्ने तर्फ चासो देखाएको छैन ।

आगामी चैतमा विदा हुन लागेका गर्भनर चिरञ्जिवी नेपालको असक्षमताका कारण बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई लुटपाटको लागि समेत सहज भएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई १८ करोड बराबरको हिनामिना गरेको आरोप लागेको छ ।

नागरिकले खाई नखाई बैंकमा जम्मा गरेको हिनामिना गरी लुटपाट मच्चाएको भन्दै चौतर्फी दबाव पछि मात्रै उनको विषयमा चासो र खोजी शुरु भएको हो । उनलाई बैंकको करीब १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुढाथोकीले बैंकको १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो ।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि  नेपालगञ्ज पठाइएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाएको हो ।  घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत थिए । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ ।

बैंकको पैसामा चरम लुटपाट गरी व्यक्तिगत काममा खर्च गरेका उनको विषयमा यसअघि नै गुनासो आएपनि कुनै सुनुवाई गरिएको थिएन । सो बैंक नेपाली सेनाका पूर्व अधिकारी सिबी गुरुङ लगायतको हो । 
उता कुमारी बैंकले ३५ दिन अगाडि सूचना दिएर जागिर छाड्दा ३ महिनासम्मको तलब काट्ने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ३५ दिन अगाडि लिखित जानकारी दिएपछि राजिनामा गर्दा उसले पाउनुपर्ने सुविधा दिनुपर्ने हुन्छ । तर त्यस्तो कुनै सुविधा नै नदिई कुमारी बैंकले कर्मचारीको चर्को श्रम शोषण गरेको पाइएको छ ।

राणा परिवारको बैंकको रुपमा परिचित कुमारीको वित्तीय अवस्था नराम्ररी  खस्किदै गएको छ । बालुवाटार जग्गा प्रकरणमा जोडिएका भूमाफियाहरु  जस्ता जग्गा दलाल तथा भ्रष्टहरुले व्यक्तिगत हित र नाफाका लागि बैंकमा नागरिकले खाई नखाई जम्मा पारेको रकममा समेत हिनामिना गरेको पाइएको छ ।  सो बैंकका प्रमुख सञ्चालक तथा लगानीकर्ताका रुपमा शोभाकान्त ढकाल, मिनबहादुर गुरुङ जस्ता भ्रष्टहरु रहेका छन् । 

जनतालाई पनि लुटने कुमारी बैंकले भने जागिर छाड्ने कर्मचारीलाई ३ महिना बराबरको तलब काटेको भेटिएको हो । ३५ दिनको सूचना दिएर राजिनामा गर्दा ३ महिना बराबरको तलब बैंकले काटेको बैंकबाट राजिनामा गरेका एक पीडित कर्मचारीले बताए । ‘लिखित रुपमा राजिनामा दिएपछि एचआर विभागबाट एक महिना थप काम गर्नुपर्ने भनियो,एक महिना काम गरेपछि दिनुपर्ने तलब दिइएन,बिदा बापतको कुनैपनि पैसा आएन,यसरी तीन महिना बराबरको तलब बैंकले हामीलाई दिएन,’नाम नबताउने सर्तमा कुमारी बैंक छाडेका एक कर्मचारीले जानकारी दिए । 

अहिले अर्को बैंकमा कार्यरत ती कर्मचारी काठमाडौं उपत्यकाका होइन् । काठमाडौं बाहिरको शाखामा कार्यरत ती कर्मचारीले मानव संसाधन विभागमा काटिएको तलब सुविधा फिर्ता गर्न माग गर्न टेलिफोन गरे । एचआर विभागले उनलाई पैसा दिन नसकिने र बैंकको नियम अनुसार पैसा काटिएको जुन ठाउँमा उजुरी गर्ने हो त्यहाँ उजुरी गर्दा हुने जवाफ दिएको गुनासो गरे । ‘राष्ट्र बैंकको क्षेत्रिय कार्यालयमा जादा केन्द्रीय कार्यालयमा उजुरी गर्नुहोस् भनेर जवाफ आयो, काठमाडौंबाट टाढा रहेको हुँदा उजुरी दिन पाएकको छैन,’उनले गुनासो गरेका छन् ।

 कुमारी बैंकले जागिरबाट राजिनामा दिदा न्यूनतम ३ महिनाको तलब काट्ने गुनासो बैंक छाड्ने अरु कर्मचारीको पनि रहेको छ । कम्पनीको एचआर विभागका प्रमुख रोहित सिंहले कुनैपनि कर्मचारीले जागिर छाड्दा तीन महिनाको तलब नकाटिएको जिकर गरेका छन् ।  कर्मचारीलाई बैंकको खर्चमा तालिम लिएपछि निश्चित अवधी काम गर्नुपर्ने हुन्छ,त्यो अवधी पुरा नभए तालिममा लागेको खर्च बराबरको रकम कर्मचारीबाट तिराउने गरिएको उनको कथित प्रतिक्रिया रहेको छ ।

 कर्मचारीलाई बैंकले महंगो खर्चमा तालिम दिने र तालिम लिएपछि कर्मचारीले छाड्ने गरेको हुँदा त्यो शुल्क मात्र लिने गरेको बैंकको दावी छ । कुनैबेला दिनुपर्ने तलब नगएपनि कर्मचारीले गर्ने गुनासोको आधारमा तलब फिर्ता गर्ने गरिएको छ,यसरी तीन महिनाको तलब काटिएको भन्ने नभएको बैंकका एक अधिकारीले बताए । तर,३५ दिन अगाडि सूचना दिएर बैंक छाडेका ती कर्मचारीले भने आफुले बैंकले उपलब्ध गराएको महंगो तालिम कुनैपनि नलिएको दावी गरेका छन् । 

नेशनल बैंकिङ इस्टिच्यूट नामक एक गैरसकारी निकायले दिने एक दिने तालिमममा सहभागी भएको देखाएर बैंकका कर्मचारीको सेवा सुविधामा लुटपाट गरिएको छ । ‘एनबिआईले दिएको एक दिनको तालिम लिएको हो,जसको खर्च तीन महिनाको तलब काटिने गरेर हुँदैन,१० हजार रुपैयाँ काटिएको भए विश्वास हुन्थ्यो,तीन महिनामा पाउने ६७ हजार बराबरको रकम काटेको छ,’कुमारी बैंकबाट पीडित बनेका कर्मचारीले गुनासो गरे । उता त्यस्तै समस्या एनआइसि एशिया बैंकमा पनि रहेको छ । सो बैंकले पनि कर्मचारीको चरम शोषण गरिरहेको छ ।

बैंकमा आउने भन्दा बाहिरिने कर्मचारीको संख्यामा वृद्धि भएपछि बैंकले अधिकाशं कर्मचारीलाई समस्यामा पारेको हो । तर सो विषयमा सम्पर्क गर्न खोज्दा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले फोन नै रिभिस गरेनन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया