अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थायी लेखा नम्बर (प्यान) कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तर्क्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताए ।
देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईहरु संग रु प्यान लिंदा पनि त्यहि हो । प्यान लिएवापत कर तिर्नुपर्ने कुरा त होइन नि १ प्यान कार्ड भनेको करदाता परिचयपत्र हो,’ अर्थमन्त्री डा खतिवडाले भने ।
प्रतिक्रिया