अबदेखि सरकारी निकायले विज्ञापन अब सिधै दिन नपाउने भएका छन् ।
अहिलेसम्म सिधै वितरण गर्दै आएको विज्ञापन अव एकद्वार प्रणाली अन्तर्गत विज्ञापन बोर्डमार्फत मात्र वितरण गर्नुपर्ने कानून आएको हो ।
यससम्बन्धि कानून विज्ञापन नियमन विधेयक संघीय संसदको दुवै सदनबाट पारीत भएको छ ।
उक्त विधेयक प्रमाणीकरण भएपछि अब लोक कल्याणकारी तथा अन्य विज्ञापन समेतमा एकद्वार प्रणाली लागू हुनेछ।
विज्ञापन बोर्डमार्फत नै सबै विज्ञापनको रकम सरकारी निकायहरुले खर्च गर्नु पर्नेछ।
अहिले सम्म सरकार, मातहतका निकाय र संगठनहरुले आफैँले विज्ञापन तथा सूचना प्रकाशन गर्दै आएका छन्।
कुनै सरकारी नियकायले तत्कालै कुनै विज्ञापन वा सूचना प्रकाशन गर्नु परेमा भने सम्बन्धित निकायले त्यस्तो विज्ञापन वा सूचनाको एकप्रति बोर्डलाई दिएर विज्ञापन प्रकाशन गर्न सक्नेछ।
तर, भुक्तानी भने बोर्डमार्फत नै हुनेछ।
प्रतिक्रिया