काठमाडौं – माछापुच्छ्रे बैंकले गत बर्षको नाफाबाट १६ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।
बैंकले गत आर्थिक बर्ष रु १ अर्ब ६९ करोड ७० लाख खुद नाफा गरेको थियो। बैंकको प्रति शेयर आम्दानी रु २१ छ । बैंकको चुक्ता पूँजी रु ८ अर्ब ५ करोड छ भने जगेडा कोषमा रु एक अर्ब ४५ करोड छ ।
बैंकका देशभर १३६ वटा शाखा कार्यालय छन्। बैंकका १२१ शाखारहित बैंकिङ सेवा इकाइ छन्।
प्रतिक्रिया