खानी दिएर विभागले कमायो एक वर्षमा करिव  ६२ करोड , कुन कुनले पाए खानी (सूचिसहित)

६ बर्ष अगाडि

काठमाडौं – खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले पछिल्लो डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।

विभागका खनिज सम्पदा महाशाखाले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको बताएको छ ।

विभागले आव २०७५÷ ०७६ मा खनिज उत्खननका लागि ९ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र ६ वटा रहेका रहेका छन् ।

विभागका अनुसार आव २०७५÷ ०७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन ।

गत आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखाले जनाएको छ । जसबाट सरकारले रु ६१ करोड ८१ लाख ५६ हजार १६५ राजश्व संकलन गरेको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया