काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ल्याउने तयारी सुरु गरेको छ । गत वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले सुर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने तयारी गरेको हो ।
यस वर्ष राष्ट्र बैंकले रु १३ अर्ब बराबरको नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले रु १८ हजार ५ सयसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गत वर्ष देखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको छ ।
राष्ट्र बैंकले नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फागुन्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कुन कुन स्थानबाट सटही हुने भन्ने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको छ । यसअघि दशैं र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।
प्रतिक्रिया