मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर बिक्री शुरु

६ बर्ष अगाडि

काठमाडौ – मुक्तिनाथ विकास बैंकले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न आजदेखि  चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले रु ६१ करोड २९ लाख ५२ हजार २५ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्काशन गरेको हो ।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुकक्लोज गरिसकेको छ । यसअनुसार बैंकको हकप्रद साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र भर्न पाउनेछन् ।

 बैंकको हकप्रदमा असोज १५ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ ।

गत आर्थिक वर्षमा विकास बैंकहरुमा प्रथम र केही वाणिज्य बैंकभन्दा धेरै खुद मुनाफा आर्जन गरेको यस विकास बैंकले व्यवसायलाई तीब्रता दिँदै बलियो विकास बैंकको रुपमा स्थापित हुन हकप्रद जारी गरिएको जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया