बेल्सीको आयोजनामा लागु पदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

६ बर्ष अगाडि

लियो क्लब अफ रत्ननगर चितवनमा बेल्सीको आयोजनामा लागु पदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ  । 

उक्त कार्यक्रममा लियो क्लब अफ रत्ननगर बेल्सीका अध्यक्ष लियो विश्वास अधिकारीको सभापति , लायन्स क्लब अफ रत्तनगर बेल्सी वर्षको अध्यक्ष लायन्स मधुर नेपालको प्रमुख अतिथी, लियो जिल्ला परिषद  नेपालको लियो नवराज धरेलको विशिष्ट अतिथी न्यु क्यापिटल क्लेजका शिक्षक दिपक अधिकारी, सपोर्ट एण्ड केयर पुर्नःस्थापना केन्द्रका प्रशिक्षकद्धय प्रकाश शाह, जीवन थापा र अन्य लियो क्लबहरुका अध्यक्षहरुको अतिथीमा कार्यक्रम भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य लियो क्लब अफ रत्ननगर बेल्सीको सदस्य लियो उज्जल पौडेलले मन्तव्य दिएका थिए । 

उक्त कार्यक्रममा न्यु क्यापिटल क्लेजमा अध्ययनरत कक्षा ११÷१२ का १५० विद्याथीहरु सहभागी थिए । 

कार्यक्रममा बोल्ने युवा वक्ताहरुले देशको युवा जनशक्ति लागु पदार्थ सेवनमा दिन प्रति दिन बढीरहेका छन । उक्त नकारात्मक कार्यलाई निरुसाहित पार्ने उद्देश्यले लियो क्लब अफ रत्ननगर बेल्सीले उदारहणीय कार्य गरेको  आउदो दिनहरुमा समेत यस्तै कार्य गर्न उत्साहित गदै क्लबलाई धन्यवाद व्यक्त गरेका थिए । 

उक्त कार्यक्रममा सहभागी भएका अतिथि तथत  विद्यार्थीहरुले  आफुलाई सामाजिक कार्य गर्न अझ उत्साह थपेको र भविष्यका दिनहरुमा लियो क्लब अफ रत्ननगर बेल्सी यस्ता युवा लक्षित कार्यहरु सदैव गर्ने बाचा गर्दै सभापति तथा लियो क्लब अफ रत्ननगर बेल्सीको अध्यक्ष लियो विश्वास अधिकारीले कार्यक्रम सु–सम्पन्न  गरेका थिए । ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया