१ लाख २० हजार घुससहित दुई जना पक्राउ

६ बर्ष अगाडि

काठमाडौं–मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार घुसहित पक्राउ परेका छन् । 
 जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि  सेवाग्राहीसँग विभिन्न बहाना घुस मागेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको उनीहरुलाई पक्राउ गरेको हो । 
उनीहरुलाई घुस वापतको रकम लिइसकेको अवस्थामामालपोत कार्यालय बुटवलअगाडि रहेको ढकाल–पाण्डे लेखापढी  सेवाको कार्यालयबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया