१९ प्रतिशत नेपालीकाे बीमा, बैदेशिक राेजगारीमा जाने सहित २५ प्रतिशत

६ बर्ष अगाडि

नेपालमा १९ प्रतिशत नेपालीले बीमा गरेको तथ्यांक सार्वजनिक भएको छ । 

आर्थिक वर्ष २०७५/०७६ सम्म नेपालको कूल जनसंख्यामध्ये १९ प्रतिशतले बीमा गरेको बीमा समितिले जनाएको छ । 

यसबाहेक ६ दशमलम ५ प्रतिशत नेपालीले बैदेशिक रोजगारीमा जाने क्रममा बीमा गरेका छन् । त्यो संगै बीमा गर्ने नेपालीको तथ्यांक २५ दशमलव ५ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षसम्म वैदेशिक रोजगारी समेत गरेर १२ प्रतिशतले मात्र बीमा गरेका थिए । त्यसको तुलनामा गतवर्षको तथ्यांक १३ दशमलव ५ प्रतिशतले धेरै हो। 

बीमा समितिको सक्रियता र बीमाप्रतिको विश्वसनियता बढेका कारण बीमामा जनताको पहुँच बढेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए । 

नेपालमा २००३ सालमा विरानगरमा जुट मिल स्थापनापछि त्यसको आर्थिक सुरक्षणका लागि बीमाको शुरु भएको थियो । 

त्यसपछि  नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा बीमा कम्पनी खुलेपनि १२ वर्षपछि २०१६ सालमा त्यसलाई खारेज गरेर नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी खोलिएको थियो । 

नेपालमा बीमा विस्तारका लागि २०२५ सालमा भारतीय कम्पनीहरुले काठमाडौंमा शाखाखोलेपछि नेपालमै रुवि जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको थियो । जुन अहिले नेसनल इन्स्योन्सको रुपमा रहेको छ । 

२०२५ सालमा स्थापना भएको बीमा संस्थानले २०२९ सालदेखि जीवन बीमा शुरु गरेको थियो । अहिले जीवन बीमा र निर्जीवन बीमा गरी नेपालमा ३९ बीमा कम्पनी छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया