बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी भएकाे खुलासा

६ बर्ष अगाडि

 काठमाडौं । आचार्य बालकृष्णलाई उनीनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ। केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो।
कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ। आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको बताए।  नेपाल समाचारपत्रमा याे खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया