रवि लामिछाने विरुद्ध अर्को मुद्दा दर्ता, अब के होला ?

६ बर्ष अगाडि

काठमाडौं – आफूलाई पत्रकार नभएको र कार्यक्रम प्रस्तोता मात्रै बताउने रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन ।

भण्डारीले न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

यता कार्यक्रमका प्रस्तोता लामिछाने सोमबार मात्र ११ दिनको प्रहरी अनुसन्धान पछि चितवन जिल्ला अदालतको आदेश ५ लाख धरौटी बुझाएर छुटेका हुन ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु सर्त सहित उनी हिरासत मुक्त भएका थिए । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा मुद्धा दर्ता गरे पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटमा परेका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया