कुमारी बैंकले १० प्रतिशत बोनस दिने

६ बर्ष अगाडि

काठमाडौं – कुमारी बैंकले १० प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६५ नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले रु ८६ करोड ८५ लाख ५७ हजार ३१२ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने रु ४ करोड ५७ लाख १३ हजार ५४२ नगद लाभांश बाँड्नेछ ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल कुमारीको चुक्ता पुँजी रु ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार छ ।

बोनस वितरणपछि पुँजी रु ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ पुग्नेछ । असार मसान्तसम्म कुमारीले रु १ अर्ब ३३ करोड ४० लाख खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ रु १३६ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया