सरकारी निर्णय नमान्ने निजी एयरलाइन्सका साहुजीहरुको धम्की, के गर्ला सरकार

६ बर्ष अगाडि

काठमाडौं – नेपालका एयरलाइन्सको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले विदेशी नागरिकलाई नेपाली सरह हवाई भाडा लगाउन नसक्ने भन्दै सरकारको निर्णय नमान्ने बताएका छन् ।

उनीहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको  ७० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई ५० प्रतिशत भाडामा छुट दिन नसक्ने बताएका छन् ।  संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई एक पत्र पठाएर उनीहरुले यस्तो भनेका हुन् ।

पर्यटन मन्त्रीमा नियुक्त भएलगत्तै भट्टराईले नेपाली र विदेशीलाई लिने भाडामा समायोजन गर्न एयरलाइन्सहरुलाई अनुरोध गदैृ आएका छन् ।

उनले एयरलाइन्सहरुले नै सुझबुझका साथमा भाडा समायोजन गर्न अनुरोध गर्दै घुमाउरो भाषामा अटेर गरेमा सरकारले हस्तक्षेप गर्न सक्ने समेतको चेतावनी दिएका थिए ।

सरकारले जवरजस्ती भाडा समायोजन गरेमा चाबी बुझाउने प्रतिक्रिया दिएका थिए । यस्तै यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पाले पनि भाडा समायोजन गर्न नसक्ने जवाफ यस अघिनै पर्यटन मन्त्री भट्टराईलाई दिइ सकेका थिए ।

पर्यटन मन्त्रीभट्टराईले १ बर्षको कार्ययोजना सार्वजनिक गर्दै ७० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।

पर्यटन मन्त्रीले हवाई क्षेत्र सम्बन्धी विभिन्न निर्णयहरु धमाधम गर्न थालेपछि सोमबार र मंगलबार वायुसेवा संचालक संघको बैठक बसेको थियो ।

बैठकले पर्यटन मन्त्रीले सम्बन्धीत निकायहरुसँग छलफल नै नगरी आफुखुसी निर्णय गरेको भन्दै मान्न नसक्ने भनि पत्र पठाएको एक एक निजी वायु सेवा सञ्चालकले जानकारी दिए । ती सञ्चालकका अनुसार मन्त्री भट्टराईले भने जसरी ५० प्रतिशत भाडा छुट दिदा अहिलेको भन्दा महंगो पर्न जाने भएको भन्दै यसमा केहि सोच विचार गरेर मात्र सार्वजनिक रुपमा बोल्न अनुरोध गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया