निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने

६ बर्ष अगाडि

काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो । 

एसियाली विकास बैंक ९एडीबी०को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिएका हुन् । 

७२।५ किलोमिटरको दु्रतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ ।

यस्तै द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै रहेको सेनाले जनाएको छ । डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा रेखाङ्कन परिवर्तन गरेको श्रेष्ठले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया