भृकुटीमण्डमा सवारी साधनकाे कुम्भ मेला यस्ताे देखियाे (२५ तस्वीर)

६ बर्ष अगाडि

सवारी साधनको कुम्भ मेला नाडा अटो शो आजदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ ।

अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो शो को १४ औं संस्करण आयोजना गरेको हो । 

भदौ १५ गतसम्म चल्ने मेलाकाे अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे ।  

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट(पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता छ ।

अटो–शोमा लगभग ७५ हजारले अवलोकन गर्ने अनुमान छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया