६८ वर्षिया मगरको चट्याङ लागेर मृत्यु

६ बर्ष अगाडि

ओखलढुङ्गा–ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । मृत शवलाई पोष्टमाटका लागी जिल्ला अस्पलात रुम्जाटरमा ल्याईदै छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया