एनआईसी एशिया बैंकले ग्राहकको १ करोड सम्मको बीमा गरिदिने

६ बर्ष अगाडि

एनआईसी एशिया बैंकले ग्राहकको १ करोड भन्दा बढीको बीमा गरिदिने भएको छ । 

बैंकले २२औं वार्षिकोत्सवको अवसरमा सुपर चमत्कारिक बचत योजना अन्तर्गत बचतकर्ता र उनका परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा ल्याएको हो । 

योजना अन्तर्गत ग्राहकले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बिमा , दम्पत्तिको २५ घातक रोगहरुको उपचारका लागि रु ३० लाख सम्मको बिमा , परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा पाउने छन्।

यसका साथै बैंकले ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु पनि ल्याएको छ ।

सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ।

मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका करिब १८ लाख ग्राहक छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया