उदयपुरको कटारी नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले आफ्नो सुविधाका लागि गाडी किन्न छुट्याएको रकमबाट एम्बुलेन्स किन्ने प्रस्ताव गरेकी छन्।
नगरपालिकाले नयाँ गाडी किन्न छुट्याएको रु ४० लाखबाट कटारी अस्पत्तालका लागि एम्बुलेन्स किन्न प्रस्ताव गरेकी हुन् ।
विनीयोजीत रु ४० लाख मध्ये रु १५ लाखबाट तत्काल एम्बुलेन्स किन्ने र बाँकी रकम कटारी–११ को बेतिनीमा अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने प्रस्ताव राखेको उनले बताइन् ।
“जनताको कर उठाएर गाडी चढ्ने रहर छैन”, उनले भनिन् “त्यसैले विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव गरेकी हुँ ।”
उनले प्रयोग गर्दै आएको नगरपालिकाको पुरानो गाडी एकवर्ष अघि बिग्रिएपछि नयाँ गाडी किन्न बजेट छुट्याइएको थियो । बरु हिँडेर नै कार्यालय र जनताकहाँ आवतजावत गर्ने धारणा उपप्रमुख राउतको रहेको छ।
उनको प्रस्ताव नगरपालिकाबाट पारित भइसकेको छ । कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताए ।
प्रतिक्रिया