सञ्चारमन्त्रीले किन भने धरापमा पर्दैछ टेलिकम

६ बर्ष अगाडि

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन् ।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुग्नुभएका मन्त्री बाँस्कोटाले  युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताए ।

दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि  नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले  यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए ।  

नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपु¥याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई  सरकारले कार्वाही गर्छ , मन्त्री बाँस्कोटाले बताए ।     

साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी  र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी  भएर काम गर्न निर्देशन दिए ।  

६ बर्ष अगाडि

प्रतिक्रिया