सर्वोत्तम सिमेन्टको ३६ करोडको आइपिओ आउँदै

६ बर्ष अगाडि

काठमाडौं – सर्वोत्तम सिमेन्टले रु ३६ करोड को प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । प्राथमिक शेयर निष्कासन गर्न कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया सुरु गरिसकेको छ ।

कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिसकेको छ ।

कम्पनीले सकेसम्म चालु आर्थिक वर्षभित्रै शेयर ल्याउनेगरि तयारी भएको जनाएको छ । कम्पनीले भनेजस्तै प्रकृया चाँडै भएमा सिमेन्ट उद्योगमा शिवमपछि सर्वोत्तमको शेयर आउनेछ । यो कम्पनीमा सिमेन्ट र डन्डी उद्योगमा स्थापित सौरभ समूहको लगानी छ ।

पश्चिम नवलपरासीको सुनवलमा ३३ विघा जग्गामा सिमेन्ट उद्योग छ । क्लिंकरसहित दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता छ ।कम्पनीले प्राथमिक शेयर निष्कासन गरेसँगै चुक्ता पुँजी तीन अर्ब ६० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ छ।

गत वर्षको नाफा तथा जगेडा कोषबाट एक अर्ब १८ करोड ८० लाख रुपैयाँको बोनस शेयर दिएर संस्थापक तर्फको चुक्ता पुँजी रु तीन अर्ब १६ करोड ८० लाख कायम हुने छ । सर्वसाधारणलाई १० प्रतिशत अर्थात रु ३८ करोड र प्रभावित वासिन्दाका लागि दुई प्रतिशत अर्थात रु ७ करोड २० लाखको प्राथमिक शेयर निष्कासन गर्ने योजना बनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया