सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ७३ हजार ५००

६ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सुनले नयाँ कीर्तीमान कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै यो बिन्दुमा आइपुगेको हो । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । 

यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया