काठमाडौं – जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई बयान नसकिएपछि हिरासतमा पठाएको छ ।
चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।
लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ ।
प्रतिक्रिया