पुडासैनी आत्महत्या प्रकरण : पक्षविपक्षमा बयान सुरु, के आउला आदेश ?

६ बर्ष अगाडि

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने,पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अभियोगपत्र दायर भएको छ ।

 प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरेको हो । 
अहिले जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा पक्षविपक्षमा बयान सुरु भएको छ । 
न्यायाधीश हेमन्त रावलको इजालशमा बहस चल्दै गर्दा बाहिर समर्थकको भीडभाड रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयले  आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया